Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

Nanu Bhatta
२०७९ आश्विन २७, बिहीबार

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। शुक्रबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवनमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थित हुनेछन्। बैठकमा आगामी निर्वाचनको रणनीति र समसामयिक राजनीतिको विषयमा छलफल हुनेछ। आगामी निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा