Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

जुवातास खेलिरहेका १९ जना पक्राउ

Nanu Bhatta
२०७९ आश्विन २७, बिहीबार

काठमाडौं । विभिन्न ठाउँमा जुवातास खेलिरहेका १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले चितवन र बाँकेबाट १९ जनालाई साढे चार लाख भन्दा बढी रकमसहित पक्राउ गरेको हो ।

बाँकेको कोहलपुर नगरपालिका ११ न्यूरोडस्थित म्याक्स होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका ११ बस्ने ३५ वर्षीय उपेन्द्र राना लगायत १२ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ३१ हजार १ सय ८० रुपैयाँ र ६ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो ।

चितवनको खैरहनी नगरपालिका ३ उनान्टोल बस्ने ४२ बर्षीय चिरञ्जिवी सडौलाको घरमा जुवातास खेलिरहेको अवस्थामा चिरञ्जिवी लगायत ७ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख २४ हजार ५ सय २० रुपैयाँ र एक बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा