+
Search

ताजा अपडेट +

पपुलर +

जुम प्रयोग नगर्न भारतको चेतावनी

Nanu Bhatta
२०७९ आश्विन २८, शुक्रबार

काठमाडौँ । भारतले भिडियो कन्फ्रेन्सिङ प्लेटफर्म जुम प्रयोग नगर्न चेतावनी जारी गरेको छ। यसमा सुरक्षाबारे गम्भीर किसिमको जोखिम रहेको भन्दै भारतले यो प्लेटफर्मको प्रयोग नगर्न चेतावनी जारी गरेको हो। भारतले जारी गरेको चेतावनीमा सिस्टममा आक्रमण गर्ने भाइरसले त्यसमा छिरेर मोबाइललाई नोक्सानी पुर्‍याउने गतिविधि गरिरहेको उल्लेख छ।

सरकारी संस्थान इन्डियन कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टिम (सर्ट–इन) ले बिहीबार एक सुझाव जारी गर्दै जुम उत्पादनको प्रयोग नगर्न आग्रह गरेको हो। जुमका दुई दर्जन सफ्टवेयरमा सुरक्षासम्बन्धी कमजोरी फेला परेको थियो। सर्ट–इनले अहिले जुमका उत्पादनमा देखिएको कमजोरी निकै गम्भीर रहेको बताएको छ।

प्रतिक्रिया

लेखकको बारेमा