+
Search

ताजा अपडेट +

पपुलर +

तिहारमा २४ लाख फूलको माला खपत हुने

सजिलोपाना
२०७९ आश्विन २८, शुक्रबार

काठमाडौं । हिन्दु धर्मावलम्बीहरूको दशैं पछिको दोस्रो ठूलो पर्व हो, तिहार । यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म ९पाँच दिन० यो पर्व मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ ।

तिहारमा विशेषगरि फूलको माग धेरै हुने गर्छ । तिहारमा घर, मठ मन्दिर र कार्यालयहरु फूलले सजाउने भएकाले पनि तिहारमा फूलको माग धेरै हुने गरेको छ । त्यसमा पनि तिहारको मुख्य दिन भाईटीकामा दिदीबहिनिहरुले दाजु भाईहरुलाई सयपत्री फूलको माला लगाइदिने प्रचलन रहि आएको छ । जसका कारण तिहारमा सयपत्री, मखमली, गोदावरी लगायत फूलको ठूलो माग हुने गर्छ ।

तर, यस वर्षको तिहारमा माग अनुसार पर्याप्त मात्रामा स्वदेशी फूलको व्यवस्थापन गर्न नसक्ने अवस्थामा पुष्प व्यवसायीहरु रहेका छन् । यस वर्ष फूलका विरुवा उत्पादनमा वृद्धि भएपनि नजिकिँदै गरेको तिहारको लागि माग भएको केहि प्रतिशत फूल आयात गर्नु पर्ने देखिएको फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका अध्यक्ष मीनबहादुर तामाङ बताउँछन् ।

उनले भने, ‘तिहारमा सबैभन्दा बढी सयपत्री, मखमली र गोदावरी फूलको माग हुने गरेको छ । यस वर्षको दशैं अवधिगरि करिब चार पाँच दिनसम्म लगातार अत्याधिक मनसुनी वर्षा भएका कारण सयपत्री फूलको आन्तरिक उत्पादन तर्फ कमी आउन सक्ने देखिएको छ । तर, मागको धेरै प्रतिशत आन्तरिक उत्पादनले धान्ने भएकोले केहि प्रतिशत मात्रै आयात गर्नु पर्ने हुन्छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना

सबै खबर एउटै पानामा