काठमाडौँ । एक हप्तादेखि विद्युत अनियमित भएका कारण घोराही तथा तुलसीपुरका उपभोक्ताले सास्ती भोग्दै आएका छन् भने केही उद्योगीहरुले उद्योग बन्द गर्नुका साथै केहीले आफ्नो उत्पादन घटाउन थालेका छन् । त्यसैले छिटोभन्दा छिटो यस प्रकारको समस्या समाधान गर्न समेत उद्योगी तथा आम उपभोक्ताले माग गरेका छन् ।
जेनेरेटर प्रयोग गरेर उत्पादन गर्दा उत्पादन लागत वृद्धि हुने उनीहरुको भनाइ छ । डिजेलको मूल्य बढी भएकाले उत्पादन मूल्य बढी हुने उद्योगी तथा व्यवसायीहरु बताउँछन् । घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको बिस्कुट उद्योगले उद्योग नै बन्द गरेको छ । केही दिनदेखि उद्योग बन्द गरिएको उद्योगका सञ्चालक रमेश श्रेष्ठले जानकारी दिए । “लामो समयसम्म विद्युत नआउँदा अहिले उद्योग बन्द गरेका छौं,” उनले भने । विद्युत नियमित नहुँदासम्म बन्द नै रहने उनी बताउँछन् । विद्युत नियमित नहुँदा उद्योगलाई धेरै घाटा व्यहोर्नु परेको उनको गुनासो छ।
प्रतिक्रिया