Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

थापाथलीस्थित प्रसूति गृहमा छोरी जन्मिएपछि ३ तलामाथिबाट हामफाले बाबू

Nanu Bhatta
२०७९ आश्विन २८, शुक्रबार
काठमाडौं । काठमाडौंको थापाथलीस्थित प्रसूति गृहको ३ तलामाथिबाट एक पुरुष हामफालेका छन् । श्रीमतीलाई सुत्केरी गराउन अस्पताल पुगेका ३९ वर्षका पुरुष बिहीबार राति अस्पतालकै भवनबाट हाम फालेका हुन् । प्रहरीका अनुसार उनी कपन बस्दै आएका स्वयम तामाङ हुन् । उनी श्रीमतीलाई सुत्केरी गराउन राति अस्पताल गएको र छोरी जन्मिएपछि हामफालेको भन्ने खुल्न आएको प्रहरीको भनाइ छ । हाल उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा