काठमाडाैँ । नेकपा एमालेका सबैभन्दा कान्छो उम्मेदवार हुन २८ वर्षीय अब्दुस मियाँ । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनजका लागि एमालेले उनलाई गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाएको छ । मियाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रतिस्पर्धा गर्दैछन् ।
सधै चितवन–३ बाट निर्वाचन लड्ने प्रचण्डले गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएसँगै मियाँ चर्चामा छन् । एमाले प्रवेश गर्नुअघि मियाँले काठमाडाैँ –६ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका थिए । तर, उनले ११ असारमै उम्मेदवारी घोषणा गरे पनि लगत्तै एमाले प्रवेश गरे ।
प्रतिक्रिया