
उत्खनन गरेको टुकुचा क्षेत्रमा भासिन थाल्यो जमिन
काठमाडौं । काठमाडौं महानगरपालिकाले उत्खनन गरेको टुकुचा खोलालाई अलपत्र छाड्दा कतिपय क्षेत्रमा जमिन भासिन थालेको छ । जयनेपाल हलको प्रांगण खनेर हात्तीसारमा टुकुचा खोला उत्खनन अभियान सुरु गरेको काठमाडौं महानगरपालिकाले हाल यो काम रोकेको छ । तर खनेको क्षेत्रमा भने जमिन भासिन थालेको हो ।
जय नेपाल हलको कम्पाउण्ड नजिक टुकुचा खोलाको वरिपरिको क्षेत्र भासिँदै जाँदा फुटपाथ पनि प्रयोग गर्न नमिल्ने भएको छ । ‘महानगरले टुकुचा खोतल्यो, अहिले अदालत देखाएर छोडेको छ । अब हेर्नु यहाँ कति बिजोग छ’, हात्तीसार क्षेत्रका स्थानीय वासिन्दा न्हुच्छे महर्जन भन्छन् ।
