साढे १३ लाखभन्दा बढीको सुनचाँदीका गहना चोरी

काठमाडौँ । काठमाडौं महानगरपालिका-१६ म्हेपी डेरा गरी बस्ने हरिमाया श्रेष्ठको कोठाबाट सुन तथा चाँदीका गहना चोरी भएको छ । उनको कोठाबाट करिब १३ लाख ६४ हजार ६५० रूपैयाँ मूल्य बराबरको गरगहना बिहीबार साँझ चोरी भएको प्रहरीले जनाएको छ ।

कोठामा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिहरू पछाडीको झ्यालबाट कोठाभित्र पसेर दराज फोडेर गरगहना चोरी लगेको प्रहरीले बताएको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्