नवौं राष्ट्रिय खेलकुद : आजबाट सुरु हुने प्याराग्लाईडीङमा ६८ खेलाडी सहभागी

पोखरा । नवौं राष्ट्रिय खेलकुदमा समावेश गरिएको साहसिक खेल प्याराग्लाईडिङका बिभिन्न इभेण्टहरु आजबाट सुरु हुँदैछन्।

राष्ट्रिय खेलमा समावेश भएका ३६ खेल अन्तर्गत रहेको प्याराग्लाईडीङमा क्रस कन्ट्री र एक्यूरीसी खेलमा बिभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी शसस्त्र प्रहरी सहित प्रदेश नं. १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बीनी प्रदेश र कणाली प्रदेशका खेलाडीहरुको सहभागीता रहने छ।

खेलमा पुरुष तर्फ जम्मा ५५ जनाको सहभागीता रहने छ भने र महिलातर्फ एक्यूरेसी च्याम्पियनका १३ जना खेलाडीको सहभागिता रहने छ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्