Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

महिला १०० मिटरमा निशाको कीर्तिमान तोड्दै सरस्वतीले जितिन् स्वर्ण

अरुणा ढकाल
२०७९ आश्विन २९, शनिबार

पोखरा । नवौं राष्ट्रिय खेलकुदको महिला १०० मिटर दौडमा त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छिन् ।

ओलम्पियन सरस्वतीले हिट चरणमा निशा चौधरीले बनाएको कीर्तिमान तोड्दै स्वर्ण जितिन् । सरस्वतीले १२:१३ सेकेण्डमा दौड पूरा गरेर राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

यसअघि हिटमा लुम्बिनीकी निशा चौधरीले १२:१५ सकेण्डको कीर्तिमान बनाएकी थिइन् । तर फाइनलमा भने निशाले निर्धारित दुरी पूरा गर्न १२:२२ सेकेण्डको समय लगाइन् र उनले रजत पदक जितिन् । आर्मीकी रमिता थारुले १२:९३ सेकेण्ड समय सहित कास्य जितिन् ।

.

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल