नवौं राष्ट्रिय खेलकुद : एथ्लेटिक्सको महिलातर्फ १५ सय मिटरमा दौडमा फुलमतिलाई स्वर्ण

काठमाडौँ । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्सको महिलातर्फ १५ सय मिटरमा दौडमा एपीएफकी फूलमति रानाले स्वर्ण पदक जितेकी छन् ।
पोखरा रंगशालाका र्ट्याकमा भएको दौडमा फूलमतिले ४ मिनेट ३८.१९ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् । यस्तै, त्रिभुवन आर्मी क्लबकी सरस्वति भट्टराईले ४ मिनेट ४१ सकेन्डमा निर्धारित दूरी पार गर्दै रजत पदक जितिन् । ५ मिनेट ०३.८० सेकेन्डमा निर्धारित दूरी पार गरेकी आर्मीकै रेखा लिम्बुले कास्य जितिन् ।

शनिबार बिहानदेखि सुरु भएको एथ्लेटिक्सको १० हजार मिटरमा बागमतीकी सन्तोषी श्रेषठले संवरण, पुलिसकी राजपुरा पछाईले रजत र एपिएफकी पुष्पा भण्डारीले कास्य पदक जितेका थिए ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्