+
Search

ताजा अपडेट +

पपुलर +

लौरोदेखी डरायो निर्वाचन आयोग, खारेजी फिर्ताको माग गर्दै समर्थक प्रर्दशनमा

Nanu Bhatta
२०७९ आश्विन २९, शनिबार

काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि रुपन्देही क्षेत्र न–२ बाट स्वतन्त्र उम्मेदवारी दिएका कमल भुसाल (डा.निकोलस भुसाल) विरुद्ध अध्ययनका क्रममा पाएको छात्रवृत्ति बिषयलाई लिएर  निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ । र यो संगै डा निकोलस भुसालको उमेद्वारी निर्वाचन आयोगले खारेज गरेको छ ।

रुपन्देही निर्वाचन क्षेत्र न. २ को निर्वाचन अधिकृतको कार्यालयले पूर्वाग्रही रुपमा काम गरेको तथा निर्वाचन कार्यतालिका अनुसार काम नगरेको भन्दै २ दिनदेखि धर्ना र प्रदर्शन भइरहेको छ । गठबन्धनबाट उम्मेद्वार भएका राजु गुरुङ, हाम्रो नेपाली पार्टीका डा. कमल भुसाल (निकोलस) र स्वतन्त्र हिमाल बस्यालको उम्मेदवारी खारेज भएसँगै निर्वाचन अधिकृतको कार्यालयमा धर्ना र प्रदर्शन चर्किन थालेको हो । निर्वाचन अधिकृत उदविर नेपालीको भूमिका नै शंकास्पद भएको भन्दै खारेजी फिर्ताको माग गर्दै प्रदर्शन गरेका हुन ।

प्रतिक्रिया

लेखकको बारेमा