दाङ । नेकपा एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य एवं सहरी विकासमन्त्री मेटमणि चौधरीले नयाँ संविधानमाथि तरवार झुण्डिएको बताएका छन्।
क्षेत्र नं (क), दाङको लालमटियामा शुक्रबार आयोजित गठबन्धन दलको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले उक्त धारणा व्यक्त गरेका हुन्।
संकटको बेला नेपालका दलहरू एक ठाउँमा आउने गरेको इतिहास रहेका बताउँदै मन्त्री चौधरीले भने, ‘विश्वमै उत्कृष्ट संविधान हामीले मिलेरै बनायौँ। समाजमा पिछडिएका वर्ग र तप्काका मानिसहरूलाई राज्यको मूल धारमा ल्याउने कानुनी व्यवस्था गरियो। हरेक दृष्टिकोणले प्रगतिशील संविधान बन्यो। तर केपी ओलीलाई पचेन। जनताले खुसी मनाए तर केपी ओलीको समूहले त्यो खुसी देख्न सकेन। त्यसैकारण यतिबेला नेपालको संविधानमाथि तरवार झुण्डिएको छ।’
राप्ती कोरिडोर, घोराहीलाई बेस मानेर घोराही (लमही, घोराही-तुल्सीपुर, लमही)रिहारसम्म पोड वेको डिपिआरको तयारी, स्वर्गद्वारी पुग्ने केवलकार, श्रीनारायण चोकदेखि स्वर्गद्वारी जोड्ने बाटो निर्माण जस्ता महत्त्वपूर्ण योजनाहरू आफूले अघि सारेको बताउँदै क्षेत्र नं १ को गठबन्धनको उम्मेदवारसमेत रहेका सहरीमन्त्री चौधरीले आफ्नै कारण मुलुकमा खरको छानो हटाउने राष्ट्रिय अभियान चलेको सुनाए।
प्रतिक्रिया