+
Search

ताजा अपडेट +

पपुलर +

ठूलो आवाज निकाल्ने ७ ओटा मोटरसाइकलका चालक कारबाहीमा

Nanu Bhatta
२०७९ आश्विन २९, शनिबार

काठमाडौं । काठमाण्डौ उपत्यकाका बिभिन्न स्थानमा गरिएको चेकिङको क्रममा नम्बर प्लेटमा स्पष्ट रुपमा नम्बरहरु नदेखिने, मापदण्ड अनुसार नम्बर प्लेट नराख्ने र नम्बर प्लेट आकाश तर्फ फर्काएर राख्ने दुईपाङ्ग्रे सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो । त्यस्तै ठुलो आवाज निकाल्ने ७ ओटा मोटरसाइकलका चालक पनि कारबाहीमा परेका छन् ।

स्पष्ट रुपमा देखिने र बुझिने गरी मापदण्ड अनुसारको नम्बर प्लेट बनाएर सवारी साधनको अगाडी र पछाडी राख्नुहुन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह९प्रवक्ता एवं प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्रीले अनुरोध गरेका छन । तोकिए बमोजिमको नम्बर प्लेट दुरुस्त नभएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारवाही हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा