८ हजार मतान्तरले जित्छु : रवीन्द्र मिश्र

काठमाडौं। राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले यसपटकको निर्वाचनमा आफू ८ हजार मतको अन्तरले विजयी हुने ठोकुवा गरेका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा मिश्र काठमाडौं–१ बाट प्रतिनिधिसभाको लागि उम्मेदवार बनेका छन् ।

आज ९ शनिबार आयोजित अन्तरक्रियामा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले आफू मतदाताहरुले सम्झन र गर्व गर्न योग्य सांसद बनेर देखाउनेपनि प्रतिबद्धता जनाएका छन् ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्