काठमाडौं । मौसम खुलेसँगै राजधानी काठमाडौं उपत्यका वरिपरी देखिने मनमोहक दृश्यले थप उल्लासमय बनाएको छ । करिब दुई साताको लगातार वर्षा रोकिएर क्रमशः मौसम खुलेपछि उपत्यकाका डाडाँ र उत्तरी क्षेत्रमा देखिने हिमश्रृङ्खलाले शरद ऋतुको मौसमलाई थप मनमोहक तुल्याएको छ । मौसमखुलेसँगै उपत्यका आसपास र प्रमुख गन्तव्यमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढेको होटल सङ्घ नेपाल ९हान०का प्रथम उपाध्यक्ष विनायक शाहले बताए । उनले भने, “यो मौसममा आन्तरिक पर्यटन एकदमै राम्रो छ, चाडपर्वसँगै बीदा मनाउने उल्लेख्य संख्यामा गन्तव्यमा निस्किएका छन् । अहिले मौसमले पनि साथ दिएकाले पर्यटनमा सकारात्मक उत्साह थपिएको छ ।”
पछिल्ला दिनमा काठमाडौंलगायत देशभर मौसम सफा रही आकाश खुलेको छ । पारिलो घाम लागेकाले उपत्यका आसपासका गन्तव्यमा पनि पर्यटकको भीडभाड बढेको छ । प्रि–बुकिङ पनि राम्रो रहेको छ । होटल क्षेत्रमा आन्तरिक र विदेशी पर्यटक बाक्लिएका छन् ।
उपत्यकाका पवित्र तीर्थस्थल, धार्मिक तथा पुरातात्विक क्षेत्रमा घुम्नेको पनि भीडभाड देखिन्छ । पशुपति क्षेत्र, स्वयम्भु, चाँगुनारायण, दक्षिणकालीलगायत धार्मिक स्थालमा तिर्थालु भक्तजनको घुइँचो लागेको छ । त्यस्तै प्रमुख पर्यटकीय क्षेत्र ठमेल, दरबारमार्ग, वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटक बढेका छन् ।
प्रतिक्रिया