
महिला एक सय मिटर दौडमा सरस्वतीले बनाइन रेकर्ड
कास्की। पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद अन्तरगत एथलेटिक्सको महिला एक सय मिटर दौडमा त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् ।
कीर्तिमानसहित उनले स्वर्ण पदक जितेकी छिन् । ओलम्पिक खेलमा समेत सहभागी भएकी चौधरीले शनिवार बिहान भएको हिट चरणमा लुम्बिनी प्रदेशकी निशा चौधरीले बनाएको कीर्तिमान तोड्दै स्वर्ण जितिन् । सरस्वतीले १२ दशमलव १३ सेकेण्डमा दौड पूरा गरेर राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । दुई सेकेण्डको अन्तरले उनले कीर्तिमान कायम गरेकी हुन् ।
