Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

बाहिरियो मनसुन

Nanu Bhatta
२०७९ आश्विन २९, शनिबार

काठमाडौं। शनिबारदेखि यस वर्षको मनसुन बाहिरिने क्रम सुरु भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शनिबारदेखि नेपालका पाँचवटा प्रदेशबाट पूर्ण रुपमा मनसुन बाहिरिएको जनाएको छ।

यस्तै, मधेस प्रदेशको पश्चिमी भू–भागबाट पनि मनसुन बाहिरिएको छ । प्रदेश १ र मधेस प्रदेशको बाँकी भूभागबाट मनसुन बाहिरिन भने केही दिन लाग्ने महाशाखाले जनाएको छ। यस वर्षको मनसुन जुन ५ अर्थात गएको जेठ २२ गते देशको पूर्वी क्षेत्रबाट प्रवेश गरेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा