लोकतन्त्र र संविधानमाथि खतरा रहेसम्म गठबन्धनको आवश्यकता रहन्छ: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरूले चुनावको लागि गठबन्धन नगरेको बताएका छन् ।

उनले भने, ‘संविधान घोषणा भएको केही वर्षमै देशलाई अराजकतातर्फ धकेल्ने प्रयास भएकै कारणले हामी सडकमा गयौ । हामीले निर्वाचनको लागि गठबन्धन गरेको होइनौँ । संविधानको रक्षा, राजनीतिक स्थायित्व र समृद्धिको लागि गरेका हौँ। जबसम्म लोकतन्त्र र संविधानमाथि खतरा रहेसम्म गठबन्धनको आवश्यकता रहन्छ।’

गठबन्धन गर्नका लागि धेरै मेहनत गरेका छौँ । अहिले पनि धेरै मेहनत परेछ । यो निर्वाचनको माध्यमबाट बन्ने सरकार आर्थिक क्रान्तिको नेतृत्व गर्ने भिजनसहितको सरकार बनोस् भन्ने उद्देश्य हो ।’

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्