+
Search

ताजा अपडेट +

पपुलर +

एमालेका रामशरण बस्नेत र कांग्रेसका राजेन्द्र बजगाईं पाँच वर्षपछि प्रतिनिधिसभा उम्मेदवार

Nanu Bhatta
२०७९ आश्विन २९, शनिबार

काठमाण्डौ। निर्वाचनमा गोरखा क्षेत्र नं। १ ‘२’ मा प्रदेशसभामा भिडेका एमालेका रामशरण बस्नेत र कांग्रेसका राजेन्द्र बजगाईं पाँच वर्षपछि प्रतिनिधिसभा उम्मेदवार निर्वाचनमा एमालेका बस्नेतले माओवादीसँग तालमेल गरेर १६ हजार ५ सय ५६ मतसहित जित हासिल गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बजगाईंले १३ हजार १ मत ल्याएका थिए । जितपछि बस्नेत गण्डकी प्रदेसका भौतिक पूर्वाधार मन्त्री बने । बजगाईं भने कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचन लडेर पराजय भोगे । यद्यपि सत्ता गठबन्धनको उम्मेदवार भएकाले यसपाला आफूले जित्नेमा बजगाईं आशावादी देखिन्छन् ।

गोरखा क्षेत्र नं। १ अन्तर्गत गोरखा नगरपालिकाको १ देखि ७ सम्मका वडा र चुमनुव्री, धार्चे, आरुघाट, भीमसेन थापा, सहिद लखन र आरुघाट गाउँपालिका पर्छन् । पछिल्लो स्थानीय तहको परिणाम हेर्दा यहाँ माओवादी र कांग्रेस पहिलो र दोस्रो तथा एमाले तेस्रो शक्तिको रूपमा रहेका छन् । जसमा कांग्रेसको २७ हजार ८४, माओवादीको २५ हजार ७ सय ४२, एमालेको १४ हजार ४ सय ५५ र तत्कालीन जनता समाजवादी पार्टीको २ हजार सात सय ५४ मत आएको थियो ।

अहिले जसपाको अधिकांश हिस्सा बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीमा छ । एमालेका बस्नेत विगतको निर्वाचनको मतलाई आधार मानेर चुनावी अंकगणित निकाल्न नसकिने बताउँछन् । उनले तर्क गरे, ‘विगतको निर्वाचनको यति आयो भन्नेलाई आधार मान्यो भने त निर्वाचन नै नगरे भइहाल्यो । निर्वाचन भनेको ताजा मतको सर्वेक्षण हो ।’ छोटो समय प्रदेश सरकारमा रहँदा विकास निर्माण, शिक्षा, स्वास्थ्य र कृषिमा भएका कामको जनताले प्रत्यक्ष अनुभूति गरेको दाबी गर्दै उनले भने, ‘जनताले अनुभूति हुने गरेर थुप्रै विकास निर्माणका काम भएका छन् । यसैलाई आधार मानेर अघि बढ्छौँ ।’

 

प्रतिक्रिया

लेखकको बारेमा