अमेरिकी राष्ट्रपति बाइडेनले भने पाकिस्तान बिश्वकै लागि खतरानाक

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले पाकिस्तानलाई लिएर विवादित बयान दिएका छन् । उनले भने( मलाई लाग्छ विश्वको सबैभन्दा खतरनाक देशमध्ये एक पाकिस्तान हो। ह्वाइट हाउसले बाइडेनको यो वक्तव्य जारी गरेको हो । बाइडेनले डेमोक्रेटिक कंग्रेसनल क्याम्पेन कमिटीको स्वागत समारोहमा यस्तो बताएका हुन् ।

गत महिना, सेप्टेम्बर ८ मा, बाइडेन प्रशासनले, ट्रम्प प्रशासनको निर्णयलाई उल्टाउँदै, एफ १६ लडाकू जेटको लागि पाकिस्तानलाई ४५० मिलियन डलर को उपकरण खरिद गर्न सहयोग अनुमोदन गर्यो। यो निर्णयलाई भारतका लागि झट्का मानिएको छ । ट्रम्प प्रशासनले अफगानिस्तानमा तालिबान कट्टरपन्थी र हक्कानी नेटवर्कलाई संरक्षण र सहयोग गरेको कारण पाकिस्तानलाई सैन्य सहायता रोकेको थियो।

भारतले पाकिस्तानलाई सैन्य सहायता दिएकोमा कडा आपत्ति जनाएको थियो। रक्षामन्त्री राजनाथ सिंहले आफ्ना अमेरिकी समकक्षी लोयड अस्टिनलाई फोन गरेर भारतको हित प्रभावित हुने बताएका थिए । यसपछि अमेरिकाका सहायक रक्षा सचिव एली रेटनरले पाकिस्तानलाई स्वीकृत सहायताले भारतलाई कुनै प्रकारको असर नपर्ने बताए । यो सहायता अमेरिकाको हितलाई ध्यानमा राखेर र पाकिस्तानसँगको सैन्य सहयोगमा स्वीकृत गरिएको हो । यसले पाकिस्तानको आणविक हतियारको पनि सुरक्षा गर्नेछ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्