
संसदीय व्यवस्था गलत दिशातिर गइरहेको छःकृष्णबहादुर महरा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले नेपालको संसदीय व्यवस्था गलत दिशातिर गइरहेको बताएका छन्।
शनिबार वाम लोकतान्त्रिक गठबन्धन नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस रामेछाप जिल्ला काठमाडौँ सम्पर्क समन्वय समितिको संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले नेपाल आर्थिक रुपमा विस्तारै कमजोर बनिरहेको पनि दाबी गरे। उनले नेपालको व्यवस्थाप्रति समेत नकारात्मकता आउन थालेको उल्लेख गर्दै देशको व्यवस्था नकारात्मकतातिर जानुमा तत्कालीन केपी शर्मा ओलीको नेतृत्व सरकारको दोष रहेको आरोप लगाए।
