Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

युक्रेन युद्ध सुरु गरेकोमा कुनै पछुतो छैन: पुटिन

Nanu Bhatta
२०७९ आश्विन २९, शनिबार
काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘अहिलेका लागि युक्रेनमाथिका ठुला हवाई आक्रमणलाई थप जारी राख्ने योजना नरहेको’ बताएका छन् । गत साता रुसले युक्रेनभरका कयौँ लक्षमा १०० भन्दा बढी लामो दुरीको मिसाइल प्रहार गरेको थियो । ‘हामी युक्रेनलाई ध्वस्त पार्ने उद्देश्यमा हिँडिरहेका छैनौँ । यो कुरा निश्चित भए हुन्छ ,’ पुटिनले शुक्रबार कजाकिस्तानमा भएको पूर्व सोभियत संघका सदस्यहरूको एक संगठनको शिखर सम्मेलनको अन्त्यमा भने । पुटिनले त्यस अवसरमा उनले आह्वान गरेको तीन लाख रिजर्भ फोर्सको भर्तीको काम दुई हप्ताभित्र पुरा हुने बताए । अपेक्षित तीन लाख रिजर्भ फौजमध्ये दुई लाख बाइस हजार परिचालित भइसकेको र परिचालनको काम अन्तिम चरणमा पुगेको पुटिनले बताए । मध्ये एसिया तथा पूर्वी युरोपका मुलुक सदस्य रहेको ‘कमनवेल्थ अफ इन्डिपेन्डेन्ट स्टेट्स’को शिखर सम्मेलनपछि बोल्दै पुटिनले करिब आठ महिनाअघि युक्रेनमा सेना पठाएकोमा आफूलाई पछुतो नभएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा