Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

एभर्टनमाथि टोटनह्यामको सहज जित

अरुणा ढकाल
२०७९ आश्विन ३०, आईतवार

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले एभर्टनमाथि सहज जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा टोटनह्यामले एभर्टनलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

टोटनह्यामको जितमा ह्यारी केन र पिएरे एमिले होजजेर्गले एक एक गोल गरेका थिए ।

यो जितपछि टोटनह्याम प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । १० खेल खेलेको टोटनह्याम ७ जित, २ बराबरी र एक हारसहित २३ अंक सहित लिगमा तेस्रो स्थानमा उक्लिएको हो ।

त्यसैगरी यस सिजनमा एभर्टनको भने राम्रो प्रदर्शन रहेको छैन । एभर्टनको यस सिजनमा यो चौथो हार हो । १० खेलमा केवल २ खेल जितेको एभर्टनले ४ खेल बराबरी खेलेर १० अंक हासिल गरेको छ र लिगमा १४औं स्थानमा रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल