गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले गोरखा १ ले गठबन्धनको तर्फबाट पर्यटन क्षेत्रबारेमा राम्रो ज्ञान भएका उम्मेदवार पाएको बताएका छन् ।
शनिवार गठबन्धनका दलहरुको आयोजनामा नेपाली कांग्रेसको पार्टी कार्यालय तीनधारेमा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षणका क्रममा उनले भने ‘उत्तरी गोरखा र मनास्लुलाई पर्यटकीय दृष्टिकोणले बिकास गर्नुपर्छ, त्यहाँ अहिले गठबन्धनबाट राजेन्द्र बजगाई उम्मेदवार हुनुहुन्छ, उहाँ आफैँ पर्यटन क्षेत्रको पनि भएकाले नबुझने कुरै भएन ।’ बजगाईको अनुभव र कामलेपनि उत्तरी गोरखाको पर्यटन लगायत सामग्र बिकास प्रभावकारी हुनेमा आशावादी हुन उनले अनुरोध गरे ।
गठबन्धन दलबिचको एकता नयाँ युगको सुरुवात भएको बताउँदै उनले त्यसकालागि चुनाव पहिलो खुड्किलो भएको बताए । ‘गठबन्धन बन्नु बैचारिक कारण पनि छ, बिकास र समृद्धीका लागि कांग्रेस र बामपन्थी बिचको सहकार्य नभई हुँदैन’ उनले भने ।
गठबन्धन दलले जितेन भने, प्रतिनिध सरकारमा पुगेर र सरकार चलेन भने बिकास र समृद्धी संभव नहुने उनले बताए । ‘जितेर सरकार नै चलाउनुपर्छ, वलीको जस्तो तीनवर्षमा गिराउने हैन, पाँच वर्ष चलाउनुपर्छ, नभए त सम्धीको गफ जस्तै हुन्छ’ गठबन्धनलाई जिताउन आग्रह गर्दै उनले भने ।
आफुले यसअघि निर्वाचनमा गोरखा २ बाट खसेको मतको ८३ प्रतिशत मत प्राप्त गरेको प्रशंग जोड्दै उनले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई भने ‘अहिले पनि कठित त छ तर असम्भव छैन, तपाईले ९० प्रतिशत मत ल्याउनुपर्छ, नयाँ इतिहास लेख्नुपर्छ र गठबन्धन पाँच वर्ष चल्नुपर्छ ।
प्रतिक्रिया