काठमाडौं । क्रिकेटको सबैभन्दा लोकप्रिय फर्म्याट हो टी ट्वेन्टी क्रिकेट। अष्ट्रेलियामा आजबाट टी ट्वेन्टी विश्वकप २०२२ सुरु हुनेछ। आजको पहिलो खेलमा श्रीलङ्का र नामिबिया भिड्दैछन्। यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार बिहान ९:४५ बाट सुरु हुनेछ।
श्रीलङ्का सन् २०१४ को टी ट्वेन्टी विश्वकप विजेता टोली हो। गत महिना मात्रै श्रीलङ्का एसिया कप विजेता बनेको थियो। तर, आईसीसी र्याङ्किङमा टेस्ट मान्यता प्राप्त राष्ट्रमध्ये पुछारमा रहेका कारण श्रीलङ्काले सिधै सुपर १२ मा स्थान कायम गर्न सकेन र क्वालिफायर खेल्नुपरेको हो। वेस्ट इण्डिजले पनि क्वालिफायर खेल्नुपर्नेछ।
यस्तै आजको दोस्रो खेलमा यूएई र नेदरल्याण्ड्स भिड्नेछन्। यो खेल दिउँसो १:४५ बाट सुरु हुनेछ। क्वालिफाइङ राउण्ड समेत भनिने यस समूह चरणको खेलमा आठ टोली सुपर १२ मा पुग्न प्रतिस्पर्धा गर्नेछन्। आजको दुवै खेल साइमण्ड्स स्टेडियममा खेलिनेछ।
प्रतिक्रिया