Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

गाउँपालिका अध्यक्ष यादव कांग्रेसमा प्रवेश

Nanu Bhatta
२०७९ आश्विन ३०, आईतवार

काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) रुपन्देहीका नेता भरथरी यादव नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । गत स्थानीय तह निर्वाचनमा शुद्धोधन गाउँपालिका अध्यक्षका उम्मेदवार समेत बनेका जसपा शुद्धोधनका अध्यक्ष यादवलाई आइतबार बिहान नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणले पार्टी प्रवेशको टीका लगाई स्वागत गरेका हुन् ।

शुद्धोधन गाउँपालिका वडा नम्बर–५ का स्थानीय बासिन्दा यादव शुद्धोधनमा राम्रो प्रभाव भएका नेता हुन् । उनी जसपा जानुपूर्व कांग्रेसमै महाधिवेशन प्रतिनिधि थिए । यसअघि शनिबार रुपन्देहीभरिबाट १ सय बढी युवा कांग्रसमा प्रवेश गरेका छन् भने शुक्रबार राप्रपाको सिद्धार्थनगर नगरपालिकाका अध्यक्ष चन्द्रभक्त श्रेष्ठ नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । निर्वाचन नजिकिएसँगै गृहमन्त्री खाँणले प्रचारप्रसार र पार्टी प्रवेशलाई तीव्रता दिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा