काठमाडौँ । शुक्रवार र शनिवार गोरखामा भएको लायन्स क्लव अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ जे को दोस्रो क्याबिनेट बैठकले गोरखामा मधुमेह रोगको उपचार केन्द्र स्थापनाको प्रस्ताब पारित गरेको छ ।
‘क्याबिनेट बैठकले अनुमोदन गरेर सो निर्णय अन्तराष्र्टि«यमा पठाउने निर्णय भएको छ, यो सबै प्रक्रिया पूरा गर्न तीन महिना लाग्छ । अन्तराष्ट्रियबाट पनि स्वीकृत भयो भने मधुमेह हव निर्माण हुनेछ’ लायन्स क्लव अफ गोरखाका अध्यक्ष लक्ष्मणबाबु आचार्यले भने ।
लायन्स क्लव ३२५ जे का गभर्नर ध्रुब श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर राना, उपप्रमुख मसलीमाया थोकर, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, क्याबिनेट बैठक निर्देशक सित्तलकाजी मास्के, सचिव एवं लायन्स क्लव अफ गोरखाका अध्यक्ष लक्ष्मणबाबु आचार्यले, बैठकका सह निर्देशक अच्यूतलाल श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।
बैठकले सचिवको प्रतिवेदन पारित गरेको छ । साथै आगामी बैठक फागुन ४ र ५ गते बाग्लुङमा गर्ने निर्णय भएको छ । कार्यक्रममा डिस्ट्रिकका पदाधिकारीहरुले गरेका काम र प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही अवसरमा बिभिन्न बिधामा उत्कृष्ट प्रस्तुति गरेका क्लवहरुलाई सम्मान गरिएको थियो ।
बैठकमा सहभागी हुन छ सय लायन सदस्यहरु गोरखा आएका थिए । गोरखाको प्रचार प्रसार र आन्तरिक पर्यटन प्रर्वद्धनका लागि क्याबिनेट बैठकले मद्धत पुग्ने अपेक्षा आयोजना गोरखा स्थित लायन्स क्लवहरुको छ । लायन्स क्लव अफ गोरखा, लायन्स क्लव अफ आरुघाट, गोरखा कालिका, गोरखासिटी, गोरखा तारानगरको संयुक्त आयोजनामा गोरखामा बैठक भएको क्याबिनेट बैठकका निर्देशक सित्तलकाजी मस्केले बताए ।
आयोजक क्लवकालाई दोस्रो क्याबिनेट बैठकमा सम्मान पनि गरिएको थियो । शनिवारको बैठक गोरखा संग्राहालय परिसरमा भएको थियो । लायन्स सदस्यहरुको एउटा ठुलो पर्वको रुपमा क्याबिनेट बैठकलाई लिईन्छ । यसअघि २०१४ मा गोरखामा क्याबिनेट बैठक भएको कार्यक्रम निर्देशन मास्केले बताए ।
बाग्लुङ, काठमाण्डौँ, पोखरा, नुवाकोट लगायत बिभिन्न ठाउँका एक सय आठ वटा क्लवका लायन्स सदस्यहरु क्याबिनेट बैठकमा सहभागी हुन गोरखा आएका थिए । आयोजक गोरखाका लायन्स क्लवहरुले सहभागीको भब्य स्वागत गरेका हुन् ।
प्रतिक्रिया