+
Search

ताजा अपडेट +

पपुलर +

सत्यमोहन जोशीको शरीर नजलाइने, अध्ययनका लागि राखिने

Nanu Bhatta
२०७९ आश्विन ३०, आईतवार

काठमाडौँ । शताब्दी पुरुष सत्यमोहन जोशीको शरीर नजलाइने भएको छ । आइतबार बिहान किस्ट अस्पताल ललितपुरमा उपचारको क्रममा जोशीको निधन भएको हो । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अध्ययनका लागि नजलाई राखिने भएको हो ।

उनको शरीर नगल्ने केमिकल प्रयोग गरेर किस्ट मेडिकल कलेजमै राखिने डाक्टर किशोर सिंह बस्नेतले बताए । जोशीको परिवार, किस्ट अस्पताल र ललितपुर महानगरपालिकाका प्रतिनिधिबीच भएको छलफलपछि उनको शरीर नजलाउने, अध्ययन अनुसन्धानका लागि दान दिने निर्णय भएको छ । जोशीले यसअघि नै आफ्नो शरीर नजलाई अध्ययनका लागि राख्न भनेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट पीडाबोध भएको बताएकी छन् । जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

प्रतिक्रिया

लेखकको बारेमा