काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज देशका सबै भूभागबाट मनसुन बाहिरिएको जनाएको छ। असोज २९ गते देशका पश्चिमी भूभागबाट मनसुन बाहिरिन शुरू गरेको थियो।
विभागका अनुसार पहिलो दिन सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र मधेश प्रदेशका पश्चिमी भूभागबाट मनसुन बाहिरिन शुरू गरेको थियो। आज प्रदेश १ लगायत देशका सबै भूभागबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार यस वर्ष गत जेठ २२ गते पूर्वी नेपालबाट मनसुन प्रवेश गरेको थियो। प्रायः नेपालमा मनसुन १२० दिन रहने गरेको छ। यस वर्ष भने १४ दिन ढिलो गरी बाहिरिएको हो। विगतका वर्षको तुलनामा यो वर्षको मनसुनले कम क्षति गरेको छ। प्रायः मनसुनको समयमा नेपालमा जनधनको ठूलो क्षति हुने गरेको छ।
प्रतिक्रिया