
बच्चा बोकेरै राष्ट्रिय खेलकुदमा सहभागी
काठमाडौँ । पोखरा रंगशालास्थित पोखरा बहुउद्देश्यीय कभर्ड हलमा ह्याण्डबलका पदक बिजेता खेलाडीहरूको सेलिब्रेसन चलिरहेको थियो । महिलातर्फ च्याम्पियन बनेको त्रिभुवन आर्मीका खेलाडीहरू पनि फोटो खिच्दै थिए । फोटो खिच्दै गर्दा एउटा बच्चा हातगोडाले हिँड्दै उतै लम्किए । धेरैले कसको बच्चा हो भनेर अचम्म माने ।
केही छिनमा बच्चालाई आर्मीकी खेलाडी मञ्जु राउतले आफ्नो काखमा लिइन् । दुधे बच्चा स्वर्णधारी खेलाडीको काखमा पुगेपछि उनैको हो भन्ने भयो । बच्चा बोकेरै राष्ट्रिय खेलकुदमा सहभागी भएकोमा कसैले आश्चर्य माने, कसैले बधाइ त कसैले माया देखाए ।
