नेप्सेमा एकसाथ दुई कम्पनीको शेयर सूचीकृत

काठमाडौँ । दुई कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएसँगै आइतबारबाट कारोबारमा आएको छ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा पिपुल्स पावर र सयपत्री हाइड्रोपावरको शेयर सूचीकृत बिहीबार नै भएको थियो । सूचीकृत भएसँगै पहिलो कारोबार आइतबारबाट भएको छ । जसमा पिपुल्स पावरको पहिलो कारोबार प्रतिकित्ता २ सय ८४ रुपैयाँ १० पैसामा भएको छ भने सयपत्रीको पहिलो कारोबार अझै भएको छैन ।

पहिलो कारोबार आइतबार हुन नसकेपछि सयपत्री हाइड्रोपावरको कारोबार सोमबारबाट मात्र हुने नेप्सेले जनाएको छ । नेप्सेले सो कम्पनीको शेयरलाई न्यूनतम ६४ रुपैयाँ ९६ पैसा देखि १ सय ९४ रुपैयाँ ८८ पैसा ओपनिङ रेन्ज प्रदान गरेको छ । सोही मूल्यमा सोमबारबाट कम्पनीको शेयरको पहिलो कारोबार हुनेछ ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्