काठमाडौँ । सर्वसाधारणले श्रद्धाञ्जली दिन सत्यमोहन जोशीको पार्थिव शरीर ललितपुर महानगर परिसरमा राखिने भएको छ । जोशीको पार्थिव शरीर अध्ययनका लागि राखिने भए पनि अन्तिम श्रद्धाञ्जलीका लागि भने राखिने भएको हो ।
श्रद्धाञ्जली दिनका लागि ९:४५ बजेदेखि १०:४५ बजेसम्म शवलाई अस्पतालको शैय्यामा नै राखिए पनि साढे ११ बजेसम्म भने परिवारको तर्फबाट हिन्दु संस्कार अनुसार गर्नुपर्ने काम गरिएको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताए । उनले १०:४५ देखि ११:३० सम्ममा अस्पतालमा नै अन्तिम बिदाइका लाग राखिने, ११:३० देखि १२ बजेसम्म अस्पतालको प्राङ्गणमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने तालिका रहेको छ ।
त्यस्तै १२ बजेदेखि १२:३० बजेसम्म अस्पतालबाट ललितपुर महानगरपालिकामा ल्याउने र १२:३० देखि अपरान्ह ४ बजेसम्म महानगरपालिकाको प्राङ्गणमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ । त्यस्तै ४ बजेदेखि ४:३० बजेसम्म पुनः किस्ट अस्पतालमा लगेर आफ्नो शरीर मृत्युपर्यान्त मेडिकल साइन्सका विद्यार्थीहरूलाई अध्ययनका लागि हस्तान्तरण गरिने प्रणअनुसार किस्ट मेडिकल कलेजलाई हस्तान्तरण गर्ने कार्य तालिका रहेको मेयर महर्जनले बताए ।
प्रतिक्रिया