+
Search

ताजा अपडेट +

पपुलर +

श्रीलङ्कामा बाढीपहिरो : तीनको मृत्यु, ५५ हजारभन्दा बढी प्रभावित

Nanu Bhatta
२०७९ आश्विन ३०, आईतवार

काठमाडौँ । श्रीलङ्कामा गएको ७२ घण्टामा बाढी र पहिरोबाट तीन जनाको मृत्यु भएको छ । यस प्रकोपमा परी १३ हजार नौ सय २ परिवारका ५५ हजार भन्दा बढी मानिस प्रभावित भएका विपद व्यवस्थापन केन्द्र (डीएमसी) ले आइतबार जनाएको छ ।

बाढी र पहिरो ल्याएको वर्षाको मौसम बुधबारसम्म जारी रहने डीएमसीले जनाएको छ । भारी वर्षा जारी रहेमा केही क्षेत्रमा बाढीको जोखिम बढ्ने सिँचाइ निर्देशक सुगेश्वरले बताउनु भएको छ ।

प्रतिकूल मौसम अवस्थालाई ध्यानमा राख्दै छ जिल्लाका लागि जारी गरिएको पहिरोको चेतावनीलाई थप गरिएको डीएमसीले जनाएको छ । हालको भारी वर्षा देशनजिकैको इन्टरट्रोपिकल कन्भर्जेन्स जोन (आईटीसीजेड) को प्रभावका कारण भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा