काठमाडौँ । राप्ती नदीको कटान रोक्न बनाइएको तटबन्धन भत्किन थालेपछि बाँकेको राप्ती सोनारी र नरैनापुरवासी त्रसित बनेका छन् । राप्ती सोनारी गाउँपालिका–७ मा निर्माण गरिएको तटबन्धन भत्किन थालेपछि फत्तेपुर क्षेत्रका बासिन्दा राप्ती नदीको डुबान र कटानको जोखिममा परेका छन् ।
बर्सेनि बाढी र डुबानको त्रासमा पर्दै आएका फत्तेपुरवासी नदीमा लगाइएको तटबन्धसमेत भत्किन थालेपछि थप जोखिम बढेको राप्तीसोनारी गाउँपालिका–७ का दुर्गाप्रसाद पाण्डेले बताएका छन् । उनका अनुसार, बस्ती जोगाउन राप्ती नदीमा गरिएको तटबन्धनको केही भाग बाढीले भत्काएर क्षति पुर्याएको छ । तटबन्धनमा पुगेको क्षतिलाई तत्काल मर्मत गरिनुपर्ने र अस्थायी तटबन्धन निर्माण गरिनुपर्ने माग गरिएपनि निर्माण हुनसकेको छैन ।
प्रतिक्रिया