मतदाता नामावलीमा नाम भएकाले नागरिकताबाट पनि मतदान गर्न पाउने

काठमाडौँ । आउँदो चुनावमा मतदाता नामावलीमा नाम भएकाले आधिकारिक निकायको परिचयपत्रबाट पनि मतदान गर्न पाउने भएका छन् । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा मतदाताले आफ्नो नाम भएको मतदान केन्द्रमा गएर आयोगले प्रदान गरेको परिचयपत्र वा अन्य परिचय खुल्ने सरकारी परिचयपत्रबाट पनि मतदान गर्न पाउने भएका छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, लालपुर्जा वा आधिकारिक निकायबाट जारी परिचय खुल्ने परिचयपत्र देखाएर पनि मतदान गर्न पाउने व्यवस्था गरिएको बताउनुभएको हो ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्