साताको पहिलो दिन कतिले घट्यो सेयर बजार ?

काठमाडौँ । आज साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक ९.६९ अंकले घटेको छ । कारोबार सुरू भएदेखि नै घट्न थालेको नेप्से परिसूचक ०.५२ प्रतिशतले घट्दै १८६० अंकमा आएर रोकिएको हो ।

यसक्रममा आज ८० करोड ३५ लाख रुपैयाँ बराबरको २५ लाख ७४ हजार कित्ता सेयर किनबेच भएको छ । यसका लागि आज २२१ कम्पनीको सेयर १६ हजारभन्दा बढी पटक खरिदबिक्री भएको जनाइएको छ । यस्तै, आज सेन्सेटिभ समूहको सूचक १.७२ अंकले घट्दै ३६५.४२ अंकमा आइपुगेको छ ।

सेयर बजार घटेको दिन आज बैंकिङ र उत्पादनमूलक समूहमा सुधार आएको छ । बैंकिङ समूहमा ३.२५ अंकको सुधार आउँदा उत्पादनमूलक समूहमा १३ अंकको सुधार आएको छ । यी दुई बाहेक अन्य सबै समूहमा गिरावट आएको छ । आज जीवन बीमा समूहमा ७६ अंकको गिरावट आएको छ ।

यस्तै, विकास बैंक समूहको सूचक ६० अंकले घट्दा निर्जीवन बीमा समूहको सूचक ५६ अंकले घटेको छ । लघुवित्त समूहको सूचक ३५ अंकले घट्दा वित्त समूहमा २८ अंकको गिरावट आएको छ । यस्तै, व्यापार समूह समेत २३ अंकले घटेको छ ।

सेयर बजार घटेपनि आज अभियान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरैले बढेको छ । आज यस कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । एकै दिन प्रतिकित्ता ६६ रुपैयाँले मूल्य बढेसँगै कम्पनीको सेयर मूल्य ७३४ रुपैयाँ पुगेको छ । यस्तै, पिपुल्स पावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घटेको छ । आज यो कम्पनीको सेयर मूल्य २८ रुपैयाँले घट्दै प्रतिकित्ता २५५ रुपैयाँमा आइपुगेको छ ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्