+
Search

ताजा अपडेट +

पपुलर +

नामिबियासँग विश्वकप विजेता श्रीलंकाको लज्जास्पद हार

Nanu Bhatta
२०७९ आश्विन ३०, आईतवार

काठमाडौं । २०२२ को एसिया कप तथा २०१४ को विश्वकप विजेता श्रीलंकाले टी–ट्वेन्टी विश्वकपमा एसोसिएट राष्ट्र नामिबियासँग लज्जास्पद हार बेहोरेको छ।अष्ट्रेलियामा आइतबारबाट सुरू भएको विश्वकप क्रिकेटको उद्‍घाटन खेलमा श्रीलंका नामिबियासँग ५५ रनले पराजित भएको हो।

१६४ रनको लक्ष्य पछ्याएको श्रीलंका १९ ओभरमा अलआउट हुँदै १०८ रनमा समेटियो। श्रीलंकाका लागि दासुन सानाकाले सर्वाधिक २९ रन बनाए। यस्तै भानुका राजपाक्षेले २० रन बनाउँदा धनन्जयले १२ र महेश तेक्षेणाले ११ रन बनाए। बाँकी कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

श्रीलंकालाई सस्तैमा रोक्न नामिबियाका डेभिड वाइज, बनार्ड स्कोल्टज, बेन शिकागो र यान फ्रायलिङ्कले २–२ विकेट लिए। जेजे स्मिटले १ विकेट हात पारे।त्यसअघि सायमण्ड स्टेडियम जिलाङ्समा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६३ रन बनाएको थियो।

उसका लागि यान फ्रायलिङ्कले सर्वाधिक ४४ रन बनाएका थिए। स्टेफन बर्डले २६ रन बनाउँदा यान निकोल र कप्तान एरार्ड इरास्मसले २०–२० रन बनाए। श्रीलंकाका लागि प्रमोद मधुशानले २ तथा महेश तेक्षाना, दुसमान्था चमेरा, चमिका करूणारत्ने र वाइन्डु हसरंगाले १–१ विकेट लिए।

प्रतिक्रिया

लेखकको बारेमा