चर्चित लोक गायक राजु परियारलाई पितृशोक

काठमाडौं । चर्चित लोक गायक राजु परियारको पिताको निधन भएको छ। परियारले आफ्नो बुवाको आज विहान ७ बजे निधन भएको जनाएका छन् । उनले बुवाको निधनसँगै घरको सम्पूर्ण जिम्मेवारी आफूमा आएको पनि उल्लेख गरेका छन् ।
राज परिवारका जेठो छोरा हुन् ।

उनले फेशबुकमा लेखेका छन् ”  बुवा आज देखि मलाइ घरको समपुर्ण जिम्मेवारी सुम्पेर यो पुज्य धर्ती बाट बिदा हुनु भयो । दशैको टिका लगाउदा भन्नु भाथ्यो अर्को सालको दशै म नहुन पनि सक्छु भनेर १ सायद हजुर लाइ थाह थियो होला यि कुरा तर मलाइ भन्नु भएन किनरु जे होस् मेरो बुवाको जेठो छोरा म ‘ मेरो बुवा को अधुरा सपनाहरु सकेसम्म पुरा गर्नेछु । म बाट सदाको लागी बुवा भन्ने शब्दले बिदा माग्यो १ आत्माको चिर शान्तीको कामना बुवा हजुर १ मरन सत्य छ तर म सङ्ग झझल्को र आसु बाहेक केहि छैन बुवा “

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्