+
Search

ताजा अपडेट +

पपुलर +

डडेल्धुरा : एमाले उम्मेदवार बिहीन, गठबन्धनलाई फाईदा

Nanu Bhatta
२०७९ आश्विन ३१, सोमबार

काठमाडौं । डडेल्धुरामा नेकपा (एमाले) ले प्रतिनिधिसभातर्फको उम्मेदवारी नदिएपछि डडेल्धुराको राजनीति माहोलले कोल्टे फेरेको छ ।

यहि मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यतर्फ एमाले डडेल्धुरा उम्मेदवार बिहीन भएपछि त्यसको फाईदा गठबन्धनले उठाएको हो । एमालेका नेताहरुले आन्तरिक सहमति जुटाउन नसकेपछि एमालले प्रतिनिधिसभा सदस्यको उम्मेदवार छनोट गर्न नसकेको हो ।

एमालेका केन्द्रीय नेताहरुसँग एमाले र वीपी कांग्रेसबीच चुनावी तालमेल गर्ने मौखिक सहमति भएको थियो । तर, जिल्ला कमिटीको आन्तरिक सहमति बन्न सकेन् । पूर्व राष्ट्रियसभा सदस्य चक्र स्नेहिलाई अघि सारेर मनोनयन दर्ता गरेपनि एमालेले वीपीसँग तालमेल गर्ने भन्दै मनोनयन फिर्ता लिएर अनिर्णयको बन्दी बनेको छ ।

एक जना प्रतिनिधिसभा सदस्य र दुई जना प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा एमालेले प्रदेश (क) मा पूर्व प्रदेश पूर्वाधार विकास मन्त्री पठामनसिंह बोहरा र प्रदेश (ख) मा गजेन्द्रबहाद्र शाहीलाई उम्मेदवार बनाउँदै घरदैलो कार्यक्रम थालेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा