भारतीय कांग्रेस अध्यक्षको लागि आज चुनाव हुँदै, २२ वर्षपछि नेतृत्व गान्धी परिवारबाट बाहिर

काठमाडौं । भारतीय कांग्रेसको अध्यक्षको लागि आज चुनाव हुँदैछ । करिब ९ हजार २ सय पार्टी प्रतिनिधिहरूले नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन् । यस्तै, यो पटक अध्यक्ष पदमा गान्धी परिवारभन्दा बाहिरबाट मात्रै उम्मेदवारी परेको छ । आज मतदान भएसँगै २२ वर्षसम्म गान्धी परिवारमा रहेको कांग्रेसको नेतृत्व अब गान्धी परिवारबाट बाहिर जाने पक्का भएको छ ।

नयाँ नेत्तृत्वका लागि कांग्रेस आईका वरिष्ठ नेता शशि थरुर र मल्लिकार्जुन खड्गे प्रतिस्पर्धामा रहेका छन् । दुबै गान्धी परिवारसँग निकट मानिन्छन् ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्