कात्तिक ५ गतेभित्र जरिवाना नबुझाए समानुपातिक बन्दसूचीबाट हटाइने

काठमाडौँ । निर्वाचन आयोगले जरिवाना नबुझाएका उम्मेदवारलाई समयमै जरिवाना बुझाउन आग्रह गरेको छ ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेर खर्च विवरण नबुझाएका र प्रतिनिधिसभा र प्रदेश सभामा समानुपातिक सूचीमा रहेका उम्मेदवारलाई कात्तिक ५ गतेसम्म अन्तिम समय दिएको हो ।

आयोगले सूचना जारी गर्दै कात्तिक ५ गतेभित्र नबुझाएमा उम्मेदवारी रद्द हुने चेतावनीसमेत दिएको छ ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्