+
Search

ताजा अपडेट +

पपुलर +

आर्टमाण्डुको ‘धागो-सम्बन्धको’ म्युजिकल फिल्म सार्वजनिक ( भिडियोसहित )

Nanu Bhatta
२०७९ आश्विन ३१, सोमबार

काठमाडौं । आर्टमाण्डुको नयाँ म्युजिकल फिल्म सार्वजनिक भएको छ। ‘के माया लाग्छ र?’, ‘तीनपाते’ जस्ता गीत ल्याएको आर्टमाण्डुले ‘धागो-सम्बन्धको’ बोलको गीत सार्वजनिक गरेको छ।

रचनाकार हर्क साउदको शब्द रहेको ‘धागो-सम्बन्धको’ गीतमा एसडी योगी र सुवानी मोक्तानको स्वर रहेको छ। गीतमा सुशान्त केसीको म्युजिक रहेको छ।

नविन चौहानको निर्देशन र कन्सेप्टमा तयार भएको गीतको भिडियोमा सिर्जना अधिकारी, हर्क साउद, सुक्रिया खत्री, निराजन कार्की, लिजा कार्की, कस्मित बराइली अभिनय छ। गीतको भिडियो संगीता कार्कीको निर्माणमा बनेको हो।

दशैँ-तिहारको परिवेश र बाल्यकाल सम्झाउने यो गीत सत्य कथामा आधारित रहेको निर्देशक चौहानले जानकारी दिए। ‘दुई वर्षदेखि यस गीतमा काम गर्ने कुरा भएको हो। यो कसैको घरको सत्य कथा हो। जहाँ पाँचजनाको परिवार थियो।

तर, त्यो परिवारले फरक समयमा दशैँ-तिहारकै बेला आमा र छोरा गुमाउनुपर्‍यो। जसले गर्दा अहिले परिवार नै विनाश भएको छ। एउटा सामान्य परिवारको कथामा पनि भावना हुन्छ भन्ने हेतुले यो काम गरेको हुँ,’ उनले भने।

मायाप्रेमका गीतहरु निर्माण गर्दै आएता पनि यो किसिमको प्रोजेक्टमा काम गरेसँगै परिवारभित्रको सम्बन्ध छुटिरहेको रहेछ भन्ने आभास समेत गरेको चौहानले सुनाए।

https://youtu.be/8E9G6Iyjct0

प्रतिक्रिया

लेखकको बारेमा