बालुवाटार नक्साल सडकमा बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौं । काठमाडौंका केही स्थानमा सवारी चाप रहेकाले ट्राफिक प्रहरीले बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । बालुवाटारबाट इटालियन एम्बेसी मोड, भाटभटेनी, छातागणेश, बालमन्दिर हुँदै नक्सालसम्मको रुटमा चल्ने सवारी साधनका चालकलाई केही समयका लागि बैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको हो ।

यसबाहेक जडिबुटी, कोटेश्वर हुँदै चल्ने सवारी साधन चोकमा केही समय रोकिनु पर्ने अवस्था रहेको छ । काठमाडौं भित्रिने र बाहिरिने नाकाहरुको सवारी आवगमन भने सामान्य रहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्