Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

खोलामा आएको पहिरोमा परी ९० भेडा बेपत्ता

Nanu Bhatta
२०७९ आश्विन ३१, सोमबार

काठमाडौँ । तिला गाउँपालिका–६ जुम्लाको भादना पाटनमा पर्ने पिच्छोर्नी खोलामा आएको पहिरोमा परी ९० भेडा बेपत्ता भएका छन् । खोला तार्ने क्रममा आएको बाढीसहितको पहिरोले उक्त गाउँपालिका–७ निवासी शेरबहादुर रोकायको ३२, लालबहादुर रोकायको ३२, खम्बिलाल रोकायको १२ र वडा नं ६ घोडे निवासी नरेन्द्र रोकायको १४ भेडा गरी ९० भेडा र एक कुकुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिए ।

घटना चार दिनअघि भए पनि सदरमुकामबाट करिब ५० किलोमिटर टाढा भएकोले जानकारी पाउने बित्तिकै प्रहरी चौकी रारालिही जुम्लाबाट प्रहरी टोली पठाइएको उनले बताए । सूचना अधिकारी जोशीका अनुसार प्रहरी टोली घटनास्थल पुग्दा पहिरो गएको स्थानदेखि २०–२५ मिटर तल खोला किनारमा १५ वटा भेडा बाख्रा मृत अवस्थामा फेला परेका थिए । अन्य भेडा र एक कुुकुर बेपत्ता भएकोले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा