Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

एसिया कप फुटबल कतारमा आयोजना हुने

Nanu Bhatta
२०७९ आश्विन ३१, सोमबार

काठमाडौँ । अर्को वर्ष हुने एसिया कप फुटबल कतारमा हुने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले यसको सोमबार औपचारिक रूपमा घोषणा गरेको छ ।

यस वर्षको सुरुमा हुने पर्ने एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता कोरोना भाइरस संक्रमणको महामारीका कारण चीनले आयोजना गर्न सकेको थिएन् । यसै क्रममा चीनले प्रतियोगिता आफूले आयोजना गर्न नसक्ने जनाएपछि नयाँ आयोजकको आवश्यक परेको हो ।

मलेसियामा मुख्यालय भएको एएफसीले भनेको छ, ‘एसियाली फुटबल महासंघको कार्यकारी बैठकले सन् २०२३ को एसिया कप कतारमा गर्ने निर्णय गरेको छ । कतारमा एक महिनापछि विश्वकप हुँदैछ र कतारले नै अब एसियाकप पनि आयोजना गर्न लागेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा