Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

नेपाली सेनाका हुद्दा झुण्डिएको अवस्थामा मृत भेटिए

Nanu Bhatta
२०७९ आश्विन ३१, सोमबार

काठमाडौँ । नेपाली सेनाका एक जना हुद्दा आज बिहान काठमाडौंको गुह्येश्वरीमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । नुवाकोट घर भई हाल काठमाडौंको तिलगंगा बस्दै आएका बन्दबस्ती कार्य हुद्दा भुवन पुडासैनी गुहेश्वरी फाँटस्थित आर्मी अफिसर्स गल्फ क्लब भवन नजिक झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले पुडासैनीले आत्महत्या गरेको पाइएको र यसबारे अनुसन्धान जारी रहेको जानकारी दिए । उनका अनुसार मृतक गल्फ खेलाडी पनि हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा