यस्तो हुनेछ प्रत्यक्षतर्फको मतपत्र

काठमाण्डौ । निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने चुनावको लागि प्रत्यक्षतर्फको वास्तविक मतपत्रको नमुना सार्वजनिक गरेको छ । आयोगले विभिन्न जिल्लाका मतपत्र क्रमैसँग छापिरहेको छ । छपाइ भइसकेका केही जिल्लाका मतपत्रको नमुना आयोगले सार्वजनिक गरेको हो ।

गठबन्धनका दलले देशैभरि तालमेल गरेकाले मतपत्रमा कतै रुख, कतै हँसिया हथौडा, कतै कलम र कतै गिलास चिह्न राखिएको छैन । यस्तै, एमालेले पनि केही क्षेत्रमा विभिन्न दलसँग तालमेल गरेकाले केही मतपत्रमा सूर्य चिह्न राखिएको छैन ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्