काठमाडौँ । निर्वाचन नजिकै बागमती प्रदेश सरकारले दुइटा अध्यादेश जारी गरेको छ । प्रदेश सरकारले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको र प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश ल्याएको हो ।
प्रदेश सरकारको सिफारिसमा सोमबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले ती दुई अध्यादेश प्रमाणीकरण गरेका छन् । सरकारले अति नै अनिवार्य कानून निर्माणलाई बेवास्ता गर्दै स्वार्थअनुकूल अध्यादेश जारी गरेको छ । जसले निर्वाचनपछि आउने नयाँ प्रदेशसभा सदस्यहरुलाई समस्यामा पार्ने सम्भावना देखिएको केही निवर्तमान प्रदेश सांसदहरुको दाबी छ ।
प्रतिक्रिया